© 2026
गण्डकी । मर्दी हिमाल पदयात्राबाट फर्कने क्रममा कास्कीको पोखरा महानगरपालिका–१४ का अजित जिसी, युकेश गुरुङ र दीपेश गुरुङ सम्पर्क विहीन भएका छन् । माछापुच्छरे गाउँपालिका–९ बादलडाँडा नजिकको जङ्गलमा बाटो बिराएर अलपत्र परेको हुन सक्ने आशङ्का गरी प्रहरीले खोजी कार्य तीव्र पारेको जनाएको छ ।
युवकहरुको मोबाइल बन्द रहेको माछापुच्छर–६ भेँडाबारीस्थित अस्थायी प्रहरी पोष्टका प्रहरी हवल्दार जीवन बरालले जानकारी दिए ।“मर्दी हिमालको हाइ क्याम्पबाट फर्कने क्रममा बाटो बिराएर जङ्गलमा अलपत्र परेको भन्ने सूचनापछि बिहानैदेखि खोजीकार्य भइरहेको छ”, उनले भने ।