© 2026
जनकपुरधाम । हुलाकी राजमार्गअन्तर्गत सप्तरीको महदेवा गाउँपालिका–१ चिमटीमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
पकरीबाट गए राति बथनाहातर्फ जाँदै गरेको स ०१–००६ प २४९६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई कल्भर्टमा ठोक्किँदा दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक स्थानीय ३५ वर्षीय सन्तोष राम र पछाडि सवार ४५ वर्षीय शङ्कर रामको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेले जानकारी दिए ।
दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि राजविराजस्थित छिन्नमस्ता अस्पताल ल्याइएको थियो । त्यहाँ सन्तोषलाई चिकित्सकले तत्काल मृत घोषणा गरेका थिए ।
घाइते शङ्करलाई थप उपचारका लागि विराटनगरस्थित गोल्डेन अस्पताल लगिएकोमा उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक घिमिरेले बताए ।