Butwal Today

गण्डकी प्रदेशमा गाँजासम्बन्धी विधेयक प्रमाणीकरण

१८ श्रावण २०८३, सोमबार
अ+
अ-

गण्डकी । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले गण्डकी प्रदेशसभाबाट पारित औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेतीलाई नियमन तथा उपयोग गर्ने सम्बन्धमा बनेको विधेयकलाई प्रमाणीकरण गरेका छन ।

गत असार २५ गते प्रदेशसभा बैठकबाट पारित उक्त विधेयकलाई प्रदेश प्रमुखले सन्देशसहित पुनःविचारका लागि यही साउन ८ गते प्रदेशसभामा फिर्ता पठाएकोमा प्रदेशसभाबाट गत शुक्रबार पुनःपारित भएको थियो । सोही दिन प्रमाणीकरणका लागि प्रदेश प्रमुखको कार्यालयमा पठाइएको उक्त विधेयकलाई प्रदेश प्रमुखले आज प्रमाणीकरण गरेको कार्यालयका प्रवक्ता प्रवीण पौडेलले जानकारी दिए ।

प्रदेश प्रमुखबाट विधेयक प्रमाणीकरण भएसँगै गण्डकी प्रदेशभित्र औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गरिने गाँजाखेतीले कानुनी मान्यता पाउने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?