© 2026
चन्द्रौटा । कपिलवस्तुमा सवारी दुर्घटना हुँदा एकको मृत्यु भएको छ । शिवराज नगरपालिका–५, चन्द्रौटामा स्कर्पियो र मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।
शनिबार करिब ११ बजे राति लुम्बिनी प्रदेश ०१–००१ च २०५४ नम्बरको महिन्द्रा स्कर्पियो र लु १४ प ५१९० नम्बरको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा शिवराज–२, हल्लानगरका १८ वर्षीय मोटरसाइकल चालक शिखर विक गम्भीर घाइते भएका थिए । उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहले बताए ।
यस्तै, दुर्घटनामा सोही स्थानकी २१ वर्षीया शोभा श्रीपाली घाइते भएकी छन् । उनको उपचार भइरहेको उपरीक्षक सिंहको भनाई छ । दुर्घटनामा संलग्न स्कर्पियो चालकलाई प्रहरीले नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको उनले जनाए ।