Butwal Today

लागु औषधसहित ३ जना पक्राउ

१५ श्रावण २०८३, शुक्रबार
अ+
अ-

विराटनगर । लागु औषधसहित तीन जनालाई पक्राउ गरिएको छ ।

झापा, मोरङ र उदयपुर जिल्लाका विभिन्न स्थानबाट अजय सुनार, किरण थापा र खगेन्द्र महत पक्राउ परेका हुन् । उनीहरूलाई क्रमशः एक ग्राम ५८० मिलिग्राम र ३७० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको कोसी प्रदेश प्रहरी कार्यालय, विराटनगरले जनाएको छ ।

चिकित्सकको सिफारिसबिना ट्रामोल १०० क्याप्सुल र स्पास्पेन १०० ट्याब्लेटसहित खगेन्द्र महतलाई नियन्त्रणमा लिइएको छ । पक्राउ परेकाहरूका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक योगेन्द्रसिंह थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?