Butwal Today

वीरगन्जमा सद्भाव र्‍याली

१५ श्रावण २०८३, शुक्रबार
अ+
अ-

वीरगन्ज (पर्सा)। सामाजिक सद्भाव कायम गर्न वीरगन्जमा सर्वदलीय, सर्वपक्षीय सद्भाव र्‍याली आयोजना गरिएको छ । जिल्ला प्रशासन कार्यालय पर्साबाट निस्किएको र्‍याली घण्टाघर पुगेर सम्पन्न भएको थियो ।

सुनसरीको कप्तानगञ्ज घटनापछि मधेस प्रदेशका विभिन्न जिल्लामा बढ्दो समस्याका बिच पर्सामा शान्ति, सुरक्षा र सद्भाव कायम राख्ने उद्देश्यले सद्भाव र्‍याली निकालिएको पर्सा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य हरि पन्तले बताए ।

जिल्ला प्रशासन कार्यालय पर्साको आयोजनामा निस्किएको सद्भाव र्‍यालीमा पर्सा–१ का सांसद पन्तसहित क्षेत्र नं। २ का सांसद सुशील कुमार कानु, क्षेत्र नं। ३ का सांसद रामाकान्त चौरसिया, वीरगन्ज महानगरपालिकाका कार्यवाहक मेयर इम्तियाज आलम तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिलगायतको सहभागिता थियो ।

यसैबिच पर्साका प्रमुख जिल्ला अधिकारीले वीरगन्जमा आज साँझ ५ बजेदेखि शनिबार बिहान ६ बजेसम्म निषेधाज्ञासमेत जारी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?