Butwal Today

कपिलवस्तुमा झन्डै ३ लाख रुपैयाँ बराबरको कपडा बरामद

१३ श्रावण २०८३, बुधबार
अ+
अ-

चन्द्रौटा ।

कपिलवस्तुमा भन्सार छली गरी ल्याइएका झन्डै ३ लाख रुपैयाँ बराबरका कपडा प्रहरीले बरामद गरेको छ ।

शिवराज नगरपालिका–१, बनकसबासा क्षेत्रबाट मंगलबार बिहान करिब ७ बजे वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको प्रहरी टोलीले २ लाख ७६ हजार ८ सय रुपैयाँ बराबरका बिलबिजकविहीन १ सय ७३ थान लेडिज कुर्ता–सुरुवाल बरामद गरेको हो ।

प्रहरीका अनुसार कपडा ल्याइरहेका व्यक्तिहरू सामान छोडेर फरार भएका छन् । फरार व्यक्तिहरूको खोजी भइरहेको छ ।

बरामद गरिएका सामग्री आवश्यक कारबाहीका लागि कृष्णनगर भन्सार कार्यालय, कपिलवस्तु पठाइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?