Butwal Today

कर्णालीमा नयाँ मुख्यमन्त्रीका लागि दाबी पेस गर्न आह्वान चिठ्ठामा नेकपा

९ श्रावण २०८३, शनिबार
अ+
अ-

सुर्खेत। कर्णाली प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढाइएको छ। प्रदेश प्रमुख यज्ञराज जोशी ले प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई साउन १२ गते मंगलबार साँझ ५ बजेसम्म मुख्यमन्त्री पदका लागि दाबी पेस गर्न आह्वान गरेका छन्।

प्रदेश प्रमुखको कार्यालयले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नयाँ मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्न आह्वान गरेको जनाएको छ।

यसअघि शनिबार मुख्यमन्त्री यामलाल कँडेल ले प्रदेश सभालाई सम्बोधन गर्दै नेपालको संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम आफ्नो पदबाट राजीनामा दिएका थिए। प्रदेश प्रमुख जोशीले उनको राजीनामा स्वीकृत गरिसकेका छन्।

मुख्यमन्त्रीको राजीनामासँगै कर्णाली प्रदेशमा नयाँ सरकार गठनको संवैधानिक प्रक्रिया सुरु भएको हो। अब बहुमत जुटाउन सक्ने प्रदेश सभा सदस्यले निर्धारित समयभित्र दाबी पेस गरेपछि संविधानअनुसार नयाँ मुख्यमन्त्री नियुक्त हुनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?