Butwal Today

सिटिजन लाइफ देवदहद्वारा वृक्षरोपण

६ श्रावण २०८३, बुधबार
अ+
अ-

देवदह। सिटिजन लाइफ इन्स्योरेन्स देवदह शाखाले आर्थिक वर्ष २०८२/८३ को १०० प्रतिशत लक्ष्य हासिल गरेको खुसीयालीमा देवदह–७ स्थित यशोधरा भिक्षुणी बिहार परिसरमा ३० भन्दा बढी फलफूलका बिरुवा रोपेर वृक्षारोपण गरेको छ।

स्वच्छ वातावरण, हरियाली प्रवर्द्धन तथा भावी पुस्ताका लागि स्वस्थ वातावरण निर्माण गर्ने उद्देश्यले वृक्षरोपण गरिएको  सिटिजन लाइफ इन्स्योरेन्स देवदह शाखा प्रमुख बिनिता श्रीषले बताइन्। उनले व्यवसायिक सफलतासँगै समाज र वातावरणप्रतिको दायित्वलाई समेत सँगसँगै अघि बढाउनु सिटिजन लाइफ इन्स्योरेन्सको मूल भावना रहेको बताउँदै आगामी दिनहरूमा पनि यस्ता सामाजिक तथा वातावरणमैत्री कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरिन्।

यशोधरा भिक्षुणी बिहारकी प्रमुख उपेखा गुरुमाको प्रमुख आतिथ्यता तथा यशोधरा भिक्षुणी बिहारका सचिव तिल विक्रम बुढाथोकी, नेपाल मगर संघ नगर समिति अध्यक्ष किसान बहादुर थापा तथा सिनियर एजेन्सी म्यानेजर कमला थापाको आतिथ्यतामा वृक्षरोपण गरिएको थियो।

कार्यक्रममा प्रमुख अतिथि उपेखा गुरुमाँ, कार्यक्रम संयोजक तथा एजेन्सी म्यानेजर शोभा थापा, कमला थापा, किसान बहादुर थापा, तिल विक्रम बुढाथोकी, एजेन्लेसी म्यानेजर पारु न्यौपानेले वातावरण संरक्षणमा सबैको साझा जिम्मेवारी रहेको उल्लेख गर्दै यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?