Butwal Today

सांसदले अधिकृत सरह स्वकीय सचिव राख्न पाउने

४ श्रावण २०८३, सोमबार
अ+
अ-

काठमाडौँ । सङ्घीय सांसदहरूले पुनः स्वकीय सचिव नियुक्त गर्न पाउने भएका छन्। संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०७३ को अनुसूची परिमार्जन गरी सोमबार नेपाल राजपत्रमा प्रकाशित भएसँगै स्वकीय सचिव नियुक्त गर्ने व्यवस्था कार्यान्वयनमा आएको हो।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले ऐनमा संशोधन गर्दै सांसदलाई स्वकीय सचिव राख्न सक्ने व्यवस्था पुनः लागू गरेकी हुन्। यसअघि गत असारमा बसेको मन्त्रिपरिषद् बैठकले पनि उक्त व्यवस्था पुनः लागू गर्ने निर्णय गरेको थियो। नयाँ व्यवस्थाअनुसार प्रत्येक सांसदले शाखा अधिकृत सरह सुविधा पाउने स्वकीय सचिव नियुक्त गर्न सक्नेछन्।

यसअघि पनि सांसदहरूले स्वकीय सचिवको सुविधा पाउँदै आएका थिए। तर जेनजी आन्दोलनपछि गठन भएको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले उक्त सुविधा खारेज गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?