Butwal Today

वर्तमान सरकार हत्या, हिंसा, तोडफोड र आगजनीको आधारमा बनेको हो : पूवप्रधानमन्त्री ओली

३ श्रावण २०८३, आइतबार
अ+
अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारमाथि गम्भीर आरोप लगाउँदै यो सरकार हत्या, हिंसा, तोडफोड, कब्जा र आगजनीको आधारमा बनेको दाबी गरेका छन्।

आइतबार पार्टीको संसदीय मामिला विभागद्वारा एमाले केन्द्रीय कार्यालयमा आयोजित सांसदहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले नेपालको वर्तमान राजनीतिक अवस्था परिभाषाविहीन, दिशाविहीन र थितिविहीन बन्दै गएको बताए। उनले लोकतान्त्रिक व्यवस्थामा सरकार परिवर्तनका लागि स्पष्ट संवैधानिक र कानुनी प्रक्रिया हुने उल्लेख गर्दै वर्तमान सरकार भने त्यसको विपरीत हिंसा, तोडफोड, कब्जा र आगजनीको वातावरणबाट स्थापित भएको आरोप लगाए।

ओलीले भने, “लोकतन्त्रमा सरकार परिवर्तन गर्ने कानुनी र संवैधानिक बाटा हुन्छन्। तर अहिलेको सरकार हत्या, हिंसा, तोडफोड, कब्जा र आगजनीको आधारबाट बनेको हो।” उनले भदौ २३ र २४ पछिदेखि मुलुकको राजनीति झन् दिशाहीन, विधिहीन र थितिविहीन बन्दै गएको दाबी गर्दै राजनीतिक स्थायित्व, विधिको शासन र लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षण आवश्यक रहेको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?