© 2026
रोल्पा । रोल्पामा बाटोमा हिँडिरहेका बेला माथिबाट खसेको पहिरोमा पुरिँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा परिवर्तन गाउँपालिका–४ पाछावाङस्थित सल्लाबोट निवासी ५७ वर्षीय देउप्रसाद घर्ती रहेका छन्।
रोल्पा प्रहरीका सूचना अधिकारी राजेन्द्रबहादुर चन्दका अनुसार शुक्रबार राति परेको अविरल वर्षापछि खसेको पहिरोमा पुरिएका घर्तीलाई शनिबार बिहान मृत अवस्थामा फेला पारिएको हो। पहिरोले पुरिँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाको सूचना शनिबार बिहान करिब ५:३० बजे इलाका प्रहरी कार्यालय पाछावाङमा प्राप्त भएपछि प्रहरी नायब निरीक्षक नरसिंह खत्रीको नेतृत्वमा चार सदस्यीय प्रहरी टोली घटनास्थल पुगेको थियो।
प्रहरीका अनुसार शुक्रबार रातिदेखिको निरन्तर वर्षाका कारण पहिरो खसेको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।