© 2026
सुनवल ।
ग्लोबल आइएमई बैंक लिमिटेडको सरावल शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–६, पडरीस्थित शहीद जगदीश पासवान आधारभूत विद्यालयका विद्यार्थीहरूलाई ट्र्याकसुट वितरण गरेको छ ।
बैंकका सरावल शाखा प्रबन्धक जितेन्द्र अग्रहरीका अनुसार विद्यालयका १५७ जना विद्यार्थीलाई ट्र्याकसुट हस्तान्तरण गरिएको हो ।
ट्र्याकसुट वितरण कार्यक्रममा ग्लोबल आइएमई बैंकको प्रदेश कार्यालय, बुटवलका अपरेसन म्यानेजर प्रकाश ज्ञवालीले बैंकले शिक्षा, सामाजिक विकास तथा समुदायको हितमा लक्षित विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताए । यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमले विद्यार्थीहरूमा थप उत्साह जगाउनुका साथै समुदायसँग बैंकको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरे ।
विद्यालय परिवारले बैंकप्रति आभार व्यक्त गर्दै उक्त सहयोगले विद्यार्थीहरूको मनोबल बढाउनुका साथै अध्ययनप्रति थप प्रेरणा मिलेको जनाएको छ ।