© 2026
काठमाडौँ । कृषि सूचना केन्द्रले देशभर मनसुनको अवस्था र सम्भावित जोखिमबाट सावधानी अपनाउन खाद्य बाली उत्पादक तथा पशु पालक किसानलाई आग्रह गरेको छ ।
केन्द्रले देशभर यस साता मनसुनी वायुको प्रभाव रहने भएकाले आफ्ना उत्पादनलाई सुरक्षित भण्डारण गर्न सुझाव दिएको छ ।
अधिकृत सञ्जीव पण्डितका अनुसार एक लाख किसानलाई मोबाइल एसएमएसबाट मनसुनबाट हुनसक्ने क्षति न्यूनीकरण गर्ने सन्दर्भमा सावधानी अपनाउनबारे सन्देश प्रवाह गरिएको छ । केन्द्रले आफ्ना अन्नबाली र तरकारीमा क्षति हुन नदिन भल र भेलको पानी निकासको उचित व्यवस्था मिलाउनसमेत किसान आग्रह गरेको छ ।
मकै बाली, तरकारी तथा फलफूल बगैँचालगायत प्लाष्टिक घर, पशुपन्छीका गोठ–खोर वरिपरि पानी जम्न नदिन निकासको उचित प्रबन्ध गर्न आग्रह गरेको केन्द्रले वर्षात्को समयमा गाईभैँसीमा रोग देखापरेमा यथाशक्य छिटो पशुसेवा कार्यालयबाट त्यससम्बन्धी सेवा लिन सल्लाह दिएको छ ।