Butwal Today

बुटवलमा स्कुटर दुर्घटना, २१ वर्षीय चालकको मृत्यु

३० असार २०८३, मंगलवार
अ+
अ-

काठमाडौं । रुपन्देहीको बुटवल उपमहानगरपालिका–९, तिनकुनेमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका–९, एकतापथ निवासी २१ वर्षीय रिवा श्रेष्ठ रहेका छन् ।

प्रहरीका अनुसार होराइजोन चोकबाट तिनकुनेतर्फ जाँदै गरेको लु ७८ प ७४१७ नम्बरको स्कुटर गएराति करिब १२ः१५ बजे अनियन्त्रित भई पल्टिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका श्रेष्ठलाई उपचारका लागि अस्पताल पुर्‍याइएको थियो । उपचारकै क्रममा राति १२ः४५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?