Butwal Today

सर्पको टोकाइबाट लमहीमा एक महिलाको मृत्यु

२९ असार २०८३, सोमबार
अ+
अ-

लमही ।

दाङको लमहीमा विषालु सर्पको टोकाइबाट एक महिलाको मृत्यु भएको छ ।

लमही नगरपालिका–४, छुट्की घुम्नाकी ४२ वर्षीया इन्द्रा कुमारी चौधरीको विषालु सर्पको टोकाइबाट गएराति मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।

प्रहरीका अनुसार खेतीपातीको काम सकेपछि थारु समुदायको हर्दहवा पर्व मनाएर घर फर्किने क्रममा उनीलाई सर्पले टोकेको थियो । आइतबार साँझ स्थानीय डण्डीराम चौधरीको घरमा हर्दहवा पर्व मनाएर राति घर फर्कंदै गर्दा उनले लगाएको चप्पल काठको झाडीमा खसेको थियो । सोही चप्पल टिप्ने क्रममा विषालु सर्पले उनको हातमा टोकेको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते चौधरीलाई तत्काल उपचारका लागि गढवा सर्पदंश उपचार केन्द्र लगिएको थियो । त्यहाँ स्वास्थ्य अवस्था जटिल बनेपछि थप उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेफर गरिएको थियो । प्रतिष्ठानमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?