Butwal Today

लागूऔषधसहित ५ जना पक्राउ

२९ असार २०८३, सोमबार
अ+
अ-

विराटनगर । कोसी प्रदेश प्रहरी कार्यालयले गाँजा र ब्राउन सुगरसहित लागू औषध ओसारपसार गर्ने पाँच जनालाई आज पक्राउ गरेको छ ।

कार्यालयका प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक योगेन्द्रसिंह थापा अनुसार, गौरादह नगरपालिका–१ का २६ वर्षीय विशाल राई र उमेश राजवंशीलाई ५६० मिलिग्राम ब्राउन सुगर पक्राउ गरिएको छ ।

यसैगरी, सङ्खुवासभा खाँदबारी नगरपालिका–५ का ७० वर्षीय भीमबहादुर तामाङलाई उनकै घरबाट लुकाई छिपाई राखिएको पाँच किलो १०५ ग्राम गाँजासहित नियन्त्रणमा लिएको थियो ।

त्यसै गरी, दुहबीबाट खटिएको प्रहरी टोलीले मोरङको धनपालथान गाउँपालिका–१ का जमालउद्दीन मिया र इमदाद मियालाई १०७ ग्राम ४५ मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?