© 2026
काठमान्डौँ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत ९सीईओ० चूडामणि चापागाईंले पदबाट राजीनामा दिएका छन् ।
चापागाईंले सोमबार बिहान अर्थमन्त्री डा। स्वर्णिम वाग्लेसमक्ष राजीनामा बुझाएका हुन् । आफ्नो कार्यकाल पूरा हुनुअघि नै उनले पदबाट राजीनामा दिएका हुन् ।
सोमबार बिहान अर्थ मन्त्रालय पुगेर अर्थमन्त्रीसमक्ष राजीनामा बुझाएको जानकारी दिएका छन् । सरकारको दबाब वा अन्य कुनै कारण नभई व्यक्तिगत कारणले राजीनामा दिएको उनले बताएका छन् ।
चापागाईं २०८१ साल चैतमा मन्त्रिपरिषद्को निर्णयबाट नेप्सेको सीईओमा नियुक्त भएका थिए । सरकारले अध्यादेशमार्फत अघिल्ला नियुक्तिहरू खारेज गरे पनि उनको नियुक्ति भने यथावत् रहेको थियो ।
नियुक्त भएको केही समयमै उनले पदबाट राजीनामा दिएका हुन् । अब अर्थ मन्त्रालयले नयाँ सीईओ नियुक्तिको प्रक्रिया अघि बढाउनुपर्ने भएको छ ।