© 2026
काठमाडौं । नेपाली बडीबिल्डर प्रदिप राईले दक्षिण कोरियाको बुसनमा आयोजित पिसिए र एनपिसिए अन्तर्राष्ट्रिय नेचुरल बडीबिल्डिङ प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै दुई विधामा स्वर्ण पदक जितेका छन्।
राईले एउटै अन्तर्राष्ट्रिय प्रतियोगितामा दुई स्वर्ण पदक जित्दै नेपाली नेचुरल बडीबिल्डिङ इतिहासमा नयाँ कीर्तिमान कायम गरेका हुन्। उनको प्रदर्शनलाई नेपाली बडीबिल्डिङका लागि ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको छ। उनको सफलताले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको खेलकुदको प्रतिष्ठा थप उँचो बनाएको छ। खेलप्रेमी, शुभेच्छुक तथा खेलकर्मीहरूले राईलाई बधाई दिँदै यस उपलब्धिलाई नेपालका लागि गौरवको क्षणका रूपमा लिएका छन्।
प्रदीप राईको यो ऐतिहासिक सफलताले नेपाली खेलाडीहरूलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा अझ उत्कृष्ट प्रदर्शन गर्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरिएको छ। साथै, यस उपलब्धिले नेपालमा नेचुरल बडीबिल्डिङ खेलको विकास र अन्तर्राष्ट्रिय प्रतिस्पर्धाप्रति युवाको आकर्षण बढाउन पनि सकारात्मक योगदान पुग्ने छ।