© 2026
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । यसका कारण देशभर आंशिकदेखि सामान्य बदली रहेको छ ।
हाल गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका साथै देशका पहाडी भू-भागका केही स्थानमा तथा कोशी, मधेस र बागमती प्रदेशका तराईका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार देशका हिमाली र पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । उच्च हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना पनि रहेको छ ।
यस्तै, लुम्बिनी प्रदेशका तराईका केही स्थान तथा बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ ।
त्यसैगरी, मधेस र कोशी प्रदेशका तराईका एक–दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।
बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू(भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।