Butwal Today

मन्त्रीसँगै सचिवालयमा पनि हेरफेरको तयारीमा प्रधानमन्त्री बालेन्द्र

१८ असार २०८३, बिहीबार
अ+
अ-

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् पुनर्गठनसँगै आफ्नै सचिवालयमा पनि व्यापक हेरफेरको तयारी गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनपछि पदाधिकारी तथा केन्द्रीय कार्यसमितिमा निर्वाचित भएका सचिवालय सदस्यहरूलाई पार्टीको जिम्मेवारीमा केन्द्रित गराउने तयारी प्रधानमन्त्रीले थालेका हुन्।

प्रधानमन्त्रीको सचिवालयका एक सदस्यका अनुसार राजनीतिक सल्लाहकार असीम शाह सह–महामन्त्रीमा निर्वाचित भएका छन् भने नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकाल र स्वकीय उपसचिव प्रकृति ढकाल केन्द्रीय सदस्य बनेका छन्। प्रधानमन्त्रीले उनीहरूलाई सचिवालयबाट बिदा गरेर पार्टी संगठनको काममा सक्रिय गराउने योजना बनाएका छन्।

स्रोतका अनुसार प्रधानमन्त्री शाहले प्रमुख स्वकीय सचिव सुवास शर्मालाई पनि सचिवालयबाट बिदा गर्ने तयारी गरेका छन्। राहदानी छपाइ ठेक्का प्रकरणमा असीम शाह र सुदीप ढकालको भूमिकामाथि प्रश्न उठेको तथा प्रमुख स्वकीय सचिव सुवास शर्माको कार्यशैलीप्रति पनि प्रधानमन्त्री असन्तुष्ट रहेको सचिवालय स्रोतको दाबी छ।

अनुसार प्रधानमन्त्री शाहले मन्त्रालयहरूमा सचिवभन्दा माथि स्वकीय संयन्त्रको भूमिका व्यवस्थित गर्ने निर्णयसँगै आफ्नो सचिवालयका लागि पनि नयाँ र सक्षम टोली गठन गर्ने गृहकार्य अघि बढाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?