Butwal Today

‘सार्वजनिक सम्पत्ति संरक्षण आवश्यक’

१७ असार २०८३, बुधबार
अ+
अ-

देवदह (रुपन्देही) ।  स्थानीय तहले सार्वजनिक सम्पत्ति संरक्षण गर्न आवश्यक भएकामा जोड दिइएको छ । रुपन्देहीको रोहिणी गाउँपालिकावासीले स्थानीय तहमा सञ्चालित हाटबजारहरूको अनुगमन गर्न समेत आग्रह गरेका छन् ।

रोहिणी–४ का सञ्जयकुमार गुप्ताले धकधई बजारलाई व्यवस्थित गर्न आग्रह गरे । ‘उपभोक्ता ठगिनु हुँदैन । यसका लागि बजार अनुगमन गर्नुपर्छ”, उनले भने । गाउँपालिकावासीलाई शुद्ध खानेपानीको व्यवस्था गर्न ‘एक घर, एक धारा’ को व्यवस्था गर्नुपर्नेमा गुप्ताले जोड दिए ।

स्थानीय सतिशचन्द्र मिश्राले सङ्घीय सरकारले थालेका योजना सम्पन्न गर्न स्थानीय तहले पहल गर्नुपर्ने बताए । उनले ताल, पोखरीलगायत सार्वजनिक सम्पत्ति संरक्षणमा ध्यान दिन आग्रह गर्दै शिक्षाको विकासमा समेत ध्यान दिनुपर्ने बताए ।

सो अवसरमा गाउँपालिकाका अध्यक्ष विद्याप्रसाद यादवले सार्वजनिक सम्पत्ति संरक्षणलाई गाउँपालिकाले प्राथमिकतामा राखेर काम गरिरहेको बताए । उनले विगत र अहिलेको तुलना गर्दा धेरै परिवर्तन भएको बताए ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतबहादुर बस्नेतले बजारमा देखिएका समस्या समाधान गर्न अनुगमनलाई निरन्तरता दिइने बताए । उनले सार्वजनिक सम्पत्ति संरक्षण गर्ने दायित्व स्थानीय सरकारको भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?