Butwal Today

नक्कली औषधि बेचेको आरोपमा रैनामैना फार्मेसीमा प्रहरीको छापा

१० असार २०८३, बुधबार
अ+
अ-

बुटवल । बुटवलको अस्पताल लाइनमा रहेको सैनामैना हेल्थ सेन्टरद्वारा सञ्चालित रैनामैना फार्मेसीमा प्रहरीले छापा मारेको छ।

नक्कली औषधि बेचेको उजुरीका आधारमा प्रहरीले छापा मारेर शंकास्पद औषधि बरामद गरेको र परीक्षणका लागि औषधि व्यवस्था विभागमा पठाउने इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख निशान्त श्रीवास्तवले जानकारी दिए।

प्रहरीले फार्मेसीबाट ६७ पत्ता स्वाशप्रस्वाशसम्बन्धी औषधि बरामद गरेको छ। उनका अनुसार प्रहरीले फार्मेसीका सञ्चालक विष्णु जिसीलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको छ।

औषधीको शंकास्पद मूल्य र व्यापारिक शैलीलाई लिएर आएका विभिन्न गुनासाका आधारमा प्रहरीले उक्त फार्मेसीलाई केही समयदेखि विशेष निगरानीमा राखेको उनले बताए।

Seroflo 250 Rotacaps नामक श्वासप्रश्वास सम्बन्धी औषधि बरामद गरिएको प्रहरीको भनाई छ। उक्त औषधी मुख्यतः दम (Asthma) र क्रोनिक अबस्ट्रक्टिभ पल्मोनरी डिजिज (COPD) का बिरामीहरूमा सास फेर्न सहज बनाउनका लागि गरिन्छ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?