Butwal Today

रास्वपाको निर्वाचन राति साढे १० बजेदेखि, भोलि बिहान १० बजेसम्म मतदान

१० असार २०८३, बुधबार
अ+
अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय निर्वाचन समितिले पार्टी केन्द्रीय सदस्यको निर्वाचन आज राति साढे १० बजेदेखि भोलि बिहान १० बजेसम्म सञ्चालन हुने जनाएको छ।

निर्वाचन समितिले केहीबेरअघि सूचना जारी गर्दै उक्त जानकारी दिएको हो। यसअघि भने निर्वाचनको समयतालिका पटक–पटक परिवर्तन हुँदै आएको थियो।

रास्वपाको केन्द्रीय सदस्य पदका लागि ३८४ जनाको उम्मेदवारी परेको छ। निर्वाचनमा विद्युतीय भोटिङ मेसिनमार्फत मतदान गर्ने व्यवस्था मिलाइएको निर्वाचन समितिले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?