Butwal Today

मादीमा आगलागी हुँदा १५ लाख बराबरको क्षति

९ असार २०८३, मंगलवार
अ+
अ-

किमाथाङ्का (सङ्खुवासभा) ।  गए राति लाक्पा शेर्पाको  घर  आगलागी हुँदा रु १५ लाख बराबरको क्षति भएको छ ।

मादी नगरपालिका–३ थामेखर्क निवासी लाक्पाको तीन तले घर आगलागी भएको जिल्ला प्रहरी कार्यालय, सङ्खुवासभाका निमित्त प्रमुख प्रहरी निरीक्षक धनबहादुर राजवंशीले  बताए ।

आगलागीबाट शेर्पाको घरभित्र राखिएको नगद रु ५० हजार, दुई तोला सुन, ३० मुरी आलु, तीन मुरी धान, चार मुरी मकैलगायत अन्नपात, भाडार्वतन र लत्ताकपडा जलेर नष्ट भएको हो ।

शेर्पा निदाइरहेको अवस्थामा आगलागी भएको तर, आगलागीको कारण भने खुल्न सकेको छैन । आगलागीको सूचना प्राप्त भएपछि प्रहरी चौकी मङ्गलबारेबाट प्रहरी सहायक निरीक्षक सुदेश चौधरीको कमान्डमा प्रहरी टोली घटनास्थलतर्फ गएको  थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?