Butwal Today

हास्य कलाकार शर्माको निधन

७ असार २०८३, आइतबार
अ+
अ-

काठमाडौँ ।  हास्य कलाकार खेम शर्माको संयुक्त राज्य अमेरिकाको बाल्टिमोरमा निधन भएको छ ।

‘चतुरेको दाउ पेच’ नाटकबाट प्रसिद्धि कमाएका कलाकार शर्मा विगत सात वर्षदेखि अर्बुद रोगबाट पीडित  थिए ।

यसैबिच, हास्य कलाकार शिवहरि पौडेल, चलचित्र समीक्षक प्रकाश सायमीलगायतले शर्माको निधनबाट नेपाली चलचित्र क्षेत्रका लागि अपूरणीय क्षति भएको उल्लेख गर्दै शोक प्रकट गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?