Butwal Today

परीक्षा प्रणाली सुधार्दै कृषि विश्वविद्यालय

२ असार २०८३, मंगलवार
अ+
अ-

चितवन ।  चितवन जिल्लास्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयले परीक्षा प्रणालीलाई छिटो छरितो बनाउन सुरु गरेको छ ।

विश्वविद्यालयका आठ आङ्गिक र आठ सम्बन्धन प्राप्त कलेज छन् । सबैभन्दा बढी कृषिका विद्यार्थी अध्ययनरत छन् । एउटै सङ्कायको नतिजा आउन वर्ष दिनसम्म लाग्ने गरेकामा अहिले दुई महिनाभित्रमा नतिजा आउने गरी काम सुरु गरिएको छ ।
विश्वविद्यालयका परीक्षा नियन्त्रक प्रा डा मनोज शाहले एकै समयमा परीक्षा सम्पन्न भएका परीक्षार्थीको  नतिजा एकै पटक हुने गरी काम भइरहेको बताए ।

विश्वविद्यालयमा कृषि सङ्काय, पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान सङ्काय र वन विज्ञान सङ्काय स्नातक, स्नातकोत्तर र विद्यावारिधि पढाइ हुँदै आएको छ ।

विश्वविद्यालयका रजिष्ट्रार प्रा डा सुविर सिंहले थोरै विद्यार्थी भएकाहरूको सेमेष्टरको नतिजा एक महिनाभित्रमा र धेरै विद्यार्थी भएका सङ्कायको दुई महिनाभित्रमा नतिजा प्रकाशन गर्न सुरु गरिएको जानकारी दिए । उनले भने, “थोरै विद्यार्थी भएका स्नातकोत्तर र विद्यावारिधिको परीक्षा सकिएको एक हप्तामा नै नतिजा दिन थालिएको छ ।”

गत वैशाख ३० गते उपकुलपतिमा नियुक्त भएका प्रा डा होमबाहादुर बस्नेत एक महिनामा नै नतिजा आउने गरी काम भइरहेको बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?