© 2026
काठमाडौं । राहदानी छपाइ ठेक्का प्रकरणमा अनुसन्धान गरिरहेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगमाथि प्रधानमन्त्री कार्यालयबाट दबाब परेको आरोप सार्वजनिक भएको छ।
स्रोतका अनुसार प्रधानमन्त्री बालेन्द्र शाहले अख्तियार प्रमुख प्रेमकुमार राईलाई सिंहदरबार बोलाई राहदानी छपाइ ठेक्का सम्बन्धी अनुसन्धान तत्काल अगाडि बढाउन निर्देशन दिएका थिए। त्यसलगत्तै अख्तियारले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल र निर्देशक सुनिल केसीलाई पक्राउ गरिएको छ।
अख्तियारका एक अधिकारीका अनुसार प्रधानमन्त्री र उनको सचिवालयले अनुसन्धान प्रक्रियाबारे असन्तुष्टि जनाउँदै तत्काल कारबाही गर्न दबाब दिएको उल्लेख गरिएको छ। ती अधिकारीका अनुसार उक्त विषयमा एक वर्षदेखि अनुसन्धान भइरहेको थियो।
यता प्रधानमन्त्रीको सचिवालयले भने धम्की दिएको आरोप अस्वीकार गरेको छ। सचिवालयको भनाइमा अनुसन्धानसँग सम्बन्धित सूचना लिई छिटो काम गर्न आग्रह गरिएको हो, धम्की वा दबाब दिइएको होइन।
राहदानी छपाइ ठेक्का प्रकरणबारे अख्तियारले थप अनुसन्धान जारी राखेको जनाएको छ।