Butwal Today

बैङ्किङ कसुरमा वडाध्यक्ष पक्राउ

२९ जेष्ठ २०८३, शुक्रबार
अ+
अ-

जलेश्वर (महोत्तरी) ।  प्रहरीले बर्दिबास नगरपालिका–९ का वडाध्यक्ष घुरन महतोलाई बैङ्किङ कसुरसम्बन्धी मुद्दामा पक्राउ गरेको छ  ।

महोत्तरी जिल्ला अदालतबाट गत वैशाख २२ गते फरार सूचीमा रहेका वडाध्यक्ष महतोलाई प्रहरीले गत वैशाख २२ गते बिहीबार  पक्राउ गरेको हो ।

प्रहरी नायब उपरीक्षक पञ्चलाल गोलेले वडाध्यक्ष महतोलाई इलाका प्रहरी कार्यालय बर्दिबासको हिरासतमा राखी बैङ्किङ कसुरसम्बन्धी मुद्दामा आवश्यक अनुसन्धान गरिरहेको  जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?