© 2026
गोदावरी (कैलाली) । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्रीहरूलाई प्रभावकारी कार्यसम्पादन गर्न निर्देशन दिएका छन् ।
मङ्गलबार आयोजित सत्ता गठबन्धन दलको बैठकमा बोल्दै उहाँले आफ्नो जिम्मेवारीप्रति गम्भीर भएर परिणाम देखिने गरी काम गर्न मन्त्रीहरूलाई निर्देशन दिएका हुन ।
उनले जनताले सरकारबाट अपेक्षा गरेको सेवा प्रवाहलाई छिटो, पारदर्शी र उत्तरदायी बनाउन आवश्यक रहेकाले त्यसतर्फ सम्बन्धित मन्त्रालयका मन्त्रीले विशेष ध्यान दिनुपर्ने बताए ।
बैठकमा सरकारका गतिविधि, विकास आयोजना तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको बताइन्छ ।