Butwal Today

जलवायु अनुकूलनका लागि बैङ्क, वित्तीय संस्था र बिमा कम्पनीको लगानी बढाउन आग्रह

२५ जेष्ठ २०८३, सोमबार
अ+
अ-

काठमाडौँ ।  जलवायु न्यूनीकरण र अनुकूलनका लागि बैङ्क तथा वित्तीय संस्था र बिमा कम्पनीले लगानी विस्तार गर्नुपर्नेमा जोड दिइएको छ ।

सहारा नेपालद्वारा आज आयोजित जलवायु परिवर्तनसम्बन्धी ‘क्याइमाक्लेभ १.०ः शेयर द स्कोप, रेज द होप’ विषयक सम्मेलनअन्तर्गतको प्यानल छलफलमा वक्ताहरूले सो धारण व्यक्त गरेका हुन ।

कृषि, वन तथा पर्यावरण मन्त्रालयका सहसचिव डा नवराज पुडासैनीले नेपालको वन क्षेत्रको विकासमा सामुदायिक वन उपभोक्ता र आदिवासी जनजातिको योगदान उल्लेखनीय रहेको चर्चा गरे ।

वरिष्ठ ऊर्जा विज्ञ डा रामप्रसाद धितालले स्वच्छ एवं नवीकरणीय ऊर्जामा लगानी र प्रयोग बढाउनु पर्छ भने।

नेपाल बैङ्कर्स एसोसिएसनका कार्यकारी निर्देशक अनिल शर्मा, नेपाल माइक्रोफाइनान्स बैङ्कर्स एसोसिएसनका अध्यक्ष रामबहादुर यादव, सिटिजन्स लाइफ इस्न्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले र  राष्ट्रिय सहकारी बैङ्कका प्रमुख कार्यकारी अधिकृत बद्री गुरागाईंले   हरित लगानीका लागि  सबै प्रकारका वित्तीय संस्थाले सहजीकरण गर्नुपर्ने धारण राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?