Butwal Today

रास्वपा सङ्खुवासभाको सभापतिमा श्रेष्ठ

२४ जेष्ठ २०८३, आइतबार
अ+
अ-

किमाथाङ्का (सङ्खुवासभा) ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को  जिल्ला सभापतिमा भक्तनारायण श्रेष्ठ चयन भएका छन् ।

प्रथम जिल्ला अधिवेशनबाट श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ । श्रेष्ठ रास्वपा सङ्खुवासभाको संस्थापक सभापतिसमेत छन्  ।

नयाँ कार्यसमितिको उपसभापतिमा सुमन डाँगी, सचिवमा सुनिल श्रेष्ठ र सहसचिवमा सन्तोष बस्नेत सर्वसम्मत रूपमा चयन भएका छन् । सदस्यमा हेमकुमार राई, गोबर्द्धन राई, जयराम अधिकारी, केसाङ लामा र बुद्धिमान गुरुङ चयन भएका छन् ।

यसअघि, प्रतिनिधिसभा सदस्य सुजता तामाङले अधिवेशनको उद्घाटन गरेकी थिइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?