Butwal Today

परराष्ट्रमन्त्री नयाँ दिल्ली प्रस्थान

२२ जेष्ठ २०८३, शुक्रबार
अ+
अ-

काठमाडौँ ।  परराष्ट्रमन्त्री शिशिर खनाल भारतका विदेश मन्त्री डा एस जयशङ्करको मैत्रीपूर्ण निमन्त्रणामा आज नयाँ दिल्ली प्रस्थान गरेका छन् । नयाँदिल्लीमा रहँदा उनले आफ्ना भारतीय समकक्षी डा जयशङ्करसँग औपचारिक भेटवार्ता गर्ने कार्यक्रम छ ।

परराष्ट्र मन्त्रालयका अनुसार उनीहरूबिच द्विपक्षीय व्यापार, लगानी, सम्पर्क सञ्जाल, ऊर्जा तथा आपसी हित र चासोका विविध विषयमा विचार विमर्श हुनेछ ।

परराष्ट्रमन्त्रीको यो भ्रमणबाट नेपाल र भारतबिचको बहु आयामिक सम्बन्धलाई अझ सुदृढ तुल्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । परराष्ट्रमन्त्री खनाल यही जेठ २४ स्वदेश फर्कने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?