Butwal Today

झापामा हुरी र वर्षाले केरा खेती नष्ट

२१ जेष्ठ २०८३, बिहीबार
अ+
अ-

सुरुङ्गा (झापा) ।   गत हप्ता आएको हुरी वर्षाले झापाका विभिन्न स्थानमा गरिएको केरा खेती नष्ट भएको छ झापामा यस वर्ष एक हजार ९१८ हेक्टर क्षेत्रफलमा केरा खेती गरिएको थियो ।

हावा र वर्षाका कारण रु दुई करोड १२ लाख ८६ हजार २९२ बराबर क्षति पुगेको प्रारम्भिक अनुमान छ । २९.९७ हेक्टर क्षेत्रफलमा लगाइएको केरा खेती पूर्ण रूपमा नष्ट भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

झापा गाउँपालिका, बाह्रदशी गाउँपालिका र कनकाई नगरपालिकामा लगाइएको केरा खेतीमा हुरी र वर्षाका कारण क्षति पुग्न गएको कृषि ज्ञान केन्द्र  झापाका प्रमुख सागर विष्टले जानकारी दिए ।

यहाँ झापा गाउँपालिका–३ र ६, बाह्रदशी गाउँपालिका–७ को बत्तीसबिघे क्षेत्र तथा कनकाइ नगरपालिका–५ मा व्यावसायिक केरा खेती गरिँदै आएको छ ।

कृषि ज्ञान केन्द्रका अनुसार प्रभावित क्षेत्रमध्ये २९।९७ हेक्टर क्षेत्रफलमा लगाइएको केरा खेती पूर्ण रूपमा नष्ट भएको छ । हुरीले केराका बोट ढालेपछि उत्पादनका लागि तयार भइसकेका बोटसमेत नष्ट हुँदा किसानले ठुलो आर्थिक क्षति व्यहोर्नु परेको छ ।

विष्टका अनुसार झापा गाउँपालिका–३ मा एक हेक्टर क्षेत्रफलमा गरिएको केरा खेती पूर्ण रूपमा नष्ट भएको छ । त्यहाँ २०।१ मेट्रिक टन उत्पादनमा क्षति पुगेको छ ।

सबैभन्दा बढी क्षति बाह्रदशी गाउँपालिका–७ को बत्तीसबिघे क्षेत्रमा भएको देखिएको छ । उक्त क्षेत्रमा २५।५ हेक्टर क्षेत्रफलमा लगाइएको केरा खेती प्रभावित भएको छ भने ५१२।५५ मेट्रिक टन उत्पादनमा क्षति पुगेको प्रारम्भिक अनुमान छ ।

कनकाई नगरपालिका–५ मा दुई हेक्टर क्षेत्रफलमा गरिएको केरा खेतीमा हुरीले क्षति पु¥याएको छ । त्यस क्षेत्रबाट उत्पादन हुने ४०।२ मेट्रिक टन केरा नष्ट भएको कृषि ज्ञान केन्द्रको तथ्याङ्कमा उल्लेख छ ।

झापा गाउँपालिका–३ मा कृषक चन्द्र बस्नेत र पूजा खनालले १२ बिघा क्षेत्रफलमा लगाएको व्यावसायिक केरा खेतीमा मात्रै करिब ६० लाख रुपैयाँ बराबरको क्षति भएको  अनुमान छ ।

केरा खेतीमा भएको क्षतिले किसानहरू थप समस्यामा परेका छन् । अधिकांश किसानले बाली बिमा नगरेकाले क्षतिपूर्ति पाउने सम्भावना न्यून रहेको कृषि ज्ञान केन्द्रको भनाइ छ ।

आर्थिक वर्ष २०८२/८३ मा झापामा एक हजार ९१० हेक्टर क्षेत्रफलमा केरा खेती गरिएको थियो । उक्त क्षेत्रबाट तीन लाख ८८ हजार ३१०।२ मेट्रिक टन केरा उत्पादन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?