Butwal Today

दु:खद संयोग: ‘वेटिङ फर डेथ’ नाममा टिकटक आइडी बनाएकी युवतीको मृत्यु

२१ जेष्ठ २०८३, बिहीबार
अ+
अ-

बुटवल। कपिलवस्तुमा सर्पले डसेर एक युवतीको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी दीपक कुँवरका अनुसार कपिलवस्तु नगरपालिका वडा नम्बर १ मालटोलस्थित १६ वर्षीया रिया बर्माको विषालु गोमन सर्पले डसेर मृत्यु भएको हो।

बुधबार मध्यरातमा उनलाई घरमै विषालु सर्पले डसेको थियो। उनलाई उपचारका लागि कपिलवस्तु अस्पताल पुर्‍याइएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारको लागि सर्पदंश उपचार केन्द्र गोरुसिङ्गे लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको थियो।

तौलेश्वरनाथ संस्कृत माध्यमिक विद्यालयबाट एसइई पास गरेकी उनको कक्षा ११ पढ्ने सपना अधुरो रह्यो। त्यसपछि उनले वेयटिङ फर डेथ नामबाट टिकटक आइडी खोलेकी थिइन्। संयोगबस उनको सर्पले डसेर मृत्यु भयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?