Butwal Today

अफगानिस्तानमा भएको बारुती सुरुङ विस्फोटमा २ जना बालबालिकाको मृत्यु

२१ जेष्ठ २०८३, बिहीबार
अ+
अ-

काबुल (अफगानीस्तान) । अफगानिस्तानको पूर्वी पक्तिया प्रान्तमा विगतको द्वन्द्वबाट बाँकी रहेको बारुती सुरुङ (अप्रकाशित हतियार) को भग्नावशेषमा विस्फोट हुँदा दुई जना बालबालीकाको मृत्यु भएको प्रान्तीय अधिकारीले बिहीबार पुष्टि गरेका छन् ।

घटना रोहानी बाबा जिल्लाको स्पेना तख्तामा भएको जनाइएको छ जहाँ बालबालिकाले खेल्ने क्रममा उक्त उपकरण फेला पारेर त्यस सँग खेलिरहेको अवस्थामा अचानक विस्फोट हुँदा उनीहरूको मृत्यु भएको प्रान्तीय विपद् व्यवस्थापन अधिकारी तथा निर्देशक मावलवी निसार अहमद नेजातले बताएका छन् ।

विगत तीन दिनमा गजनी प्रान्तमा अतियारका अवशेषहरू पट्किएर भएका दुई वटा छुट्टा– छुट्टै घटनामा, अन्य दुई बालबालिकाहरू गम्भीर घाइते भएको जनाइएको छ ।

अफगानिस्तान चार दशक भन्दा लामो जुन युद्ध र आन्तरिक द्वन्द्वको कारण बारुती सुरुङ र अप्रकाशित हतियारहरूको भग्नावशेषले उच्च जोखिममा रहेको मुलुकको रूपमा स्थापित भएको जनाइएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?