Butwal Today

गौतम बुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु

२१ जेष्ठ २०८३, बिहीबार
अ+
अ-

चितवन ।  रोकिएको गौतम बुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु भएको छ ।

बागमती प्रदेश सरकारबाट बजेट निकासामा ढिलाइ भएकाले यसअघि भुक्तानी नपाएको भन्दै निर्माण कम्पनीले एक महिना निर्माण कार्य रोकेको थियो । बागमती प्रदेश सरकारबाट रु नौ करोड निकासा भएपछि निर्माण कार्य पुनः सञ्चालन भएको भरतपुर महानगरपालिकाका इन्जिनियर आदर्श पोखरेलले जानकारी दिए ।

महानगरपालिकाका डिभिजन इन्जिनियर सन्तोष आचार्यले निर्माण कम्पनीलाई बिल अनुसारको भुक्तानी भइसकेको बताए । रङ्गशालाको निर्माणको काम हिमालयन कालिन्चोक बिबिआर जेभीले गर्दै छ ।

ठेक्का सम्झौताको म्याद आगामी पुस २२ गते सकिन्छ । हाल ५५ प्रतिशत काम पूरा भएको  छ । विसं २०८१ असारमा भरतपुर महानगरपालिका र निर्माण कम्पनीबिच  २०८३ पुस २२ गते काम सक्ने गरी कूल रु ७५ करोड ५० लाख ९१ हजार १८९ मा सम्झौता भएको थियो ।

धुर्मस–सुन्तली फाण्डेशनले काम गर्न नसकेपछि महानगरपालिकाले बोलपत्रमार्फत काम थालेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?