Butwal Today

परराष्ट्र मन्त्री खनाल भारतको औपचारिक भ्रमणमा जाँदै

२१ जेष्ठ २०८३, बिहीबार
अ+
अ-

काठमाडौँ । परराष्ट्र मन्त्री शिशिर खनाल भारतका विदेश मन्त्री डा एस जयशङ्करको मैत्रीपूर्ण निमन्त्रणामा यही जेठ २२ देखि २४ गतेसम्म भारतको औपचारिक भ्रमणमा  जाने भएका छन् ।

भ्रमणका क्रममा परराष्ट्र मन्त्री खनालले उनका समकक्षी डा जयशङ्करसँग औपचारिक भेटवार्ता गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । भेटमा उनीहरूबिच द्विपक्षीय व्यापार, लगानी, सम्पर्क सञ्जाल (कनेक्टिभिटी), ऊर्जा तथा जनस्तरका सम्बन्धलगायत विषयमा छलफल हुनेछ ।

उच्चस्तरीय भ्रमणको नियमित आदानप्रदानको एक हिस्साका रूपमा यस भ्रमणले नेपाल र भारतबिच रहिआएको बहु आयामिक सम्बन्धलाई अझ सुदृढ तुल्याउने सहयोग गर्ने विश्वास लिइएको छ । परराष्ट्र मन्त्री खनाल यही जेठ २४ गते काठमाडौँ फर्कने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?