Butwal Today

अर्घाखाँची सेवा समाज कतारले २० औँ स्थापना दिवस मनाउँदै

२१ जेष्ठ २०८३, बिहीबार
अ+
अ-

दोहा (कतार) ।  कतारमा सामाजिक क्षेत्रमा अत्यन्तै क्रियाशील रहेको सामाजिक संस्था अर्घाखाँची सेवा समाज कतारले आफ्नो स्थापना दिवस मनाउने भएको छ।  समाजले सनैयामा अवस्थित फूलबारी रेस्टुरेन्टको सभा हलमा एक कार्यक्रमका बिच २० औँ स्थापना दिवस मनाउने भएको हो ।

स्थापना दिवस समारोहमा शुभकामना आदान, प्रदान तथा अन्य विशेष गतिविधिहरू समेत समावेश गरिने आयोजकले जनाएको छ। आज (बिहीबार)  बेलुका सात बजे कार्यक्रम सुचारु हुने कार्य तालिका रहेको छ ।

समाजका अध्यक्ष बाला राम पाण्डेयले स्थापना दिवसको यो ऐतिहासिक अवसरमा संस्थाको इतिहास र योगदानको समीक्षा गर्ने महत्त्वपूर्ण अवसर भएको बताउँदै कार्यक्रममा कतारमा रहेका सम्पूर्ण अर्घाखाँचीवासी तथा कतारमा स्थापित  क्रियाशील सामाजिक संस्थाहरूलाई उपस्थित भएर कार्यक्रम भव्य रूपमा सफल बनाइदिन अनुरोध समेत गरेका छन् ।

समाजले विगत दुई दशकदेखि कतारमा रहेका नेपालीहरूको हक हित र सामाजिक एकताको साथमा विभिन्न सामाजिक सेवामूलक गतिविधिहरू सञ्चालन गर्दै आएको छ ।

साथै गृह जिल्ला अर्घाखाँचीमा समेत भई परि आउने समस्याहरूमा समाजले सामाजिक तथा मानवीय परोपकारी कार्यमा सहयोग गर्दै आएको छ । अर्घाखाँचीवासी एक हौँ, नेपाली समाजका लागी सहयोग गरौँ भन्ने मूल नाराका साथ सन २००६ मा स्थापना भएको कतारमा स्थापित एक सामाजिक संस्था हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?