© 2026
बुटवल । रोल्पाको माडी गाउँपालिका–२ घर्तिगाउँस्थित शहीदमार्गअन्तर्गत कालापहर क्षेत्रमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
अस्थायी नम्बर प्लेट एमएच १४ टीसीजे ४७१ भएको पिकअप जिप दुर्घटना हुँदा एक महिला र दुई जना पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी इन्स्पेक्टर कृष्ण श्रेष्ठले जानकारी दिए ।
हालसम्म मृतकको पहिचान खुल्न सकेको छैन । जस्तापाता र प्लास्टिकका पाइप बोकेको उक्त जिप सडकबाट करिब ६ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।