© 2026
मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा पछिल्लो पाँच वर्षमा लेक लागेर ५८ जना पर्यटकले ज्यान गुमाएका छन् । लेक लागेर मृत्यु हुनेमध्ये ६५ प्रतिशतभन्दा बढी भारतीय पर्यटक छन् ।
आर्थिक वर्ष २०७८र७९ देखि आव २०८२र८३ को जेठ १५ गतेसम्म लेक लागेर १६ नेपाली र ४२ विदेशी पर्यटकले ज्यान गुमाएका जिल्ला प्रहरी कार्यालय मुस्ताङको अभिलेखमा उल्लेख छ ।
प्रहरीको तथ्याङ्कअनुसार पछिल्लो पाँच वर्षको सुरुआती वर्ष मुस्ताङमा लेक लागेर आव २०७८र७९ मा छ जना, आव २०७९र८० मा १२ जना, आव २०८०र८१ मा १४ जना, आव २०८१र८२ मा १३ जना र चालु आव २०८२ र ८३ को जेठ १५ सम्म १३ जना गरी ५८ जना पर्यटकले ज्यान गुमाएका प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिए । उकालो उक्लँदै गर्दा अक्सिजनको मात्रा कम भई लेक लाग्ने समस्या हुन्छ ।