Butwal Today

योग समितिमा पुनः डा भट्टराई निर्वाचित

११ जेष्ठ २०८३, सोमबार
अ+
अ-

नेपालगन्ज ।  योग समिति नेपाल केन्द्रीय समिति, नेपालगन्जको अध्यक्षमा पुनः योग गुरु एवं आयुर्वेदाचार्य डा गिरिराज भट्टराई सर्वसम्मत रूपमा अध्यक्ष पदमा निर्वाचित भएका छन् ।

योग समिति नेपालगन्जले स्थापना दिवस तथा चौथो अधिवेशन सम्पन्न गर्दै उहाँलाई अध्यक्षमा चयन गरेको हो । नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा निर्मला शाह र लोकमाया सुवेदी (सुमित्रा), सचिवमा टङ्क पौडेल, सहसचिवमा दीपक थापा, कोषाध्यक्षमा अनिता श्रेष्ठ तथा सह–कोषाध्यक्षमा मन्दरा शर्मा चयन भएकी छन् ।

त्यसै गरी, सदस्यहरूमा प्रेम केसी, सविता शर्मा, प्रमोद अग्रवाल, मोतिराम वली, डा दिनेश कुमार चौधरी, ताराप्रसाद अधिकारी र रामचन्द्र तिवारी छन् ।
नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले योगले मानिसलाई शारीरिक रूपमा सशक्त बनाउने बताउँदै स्वस्थ समाज निर्माणका लागि योग अपरिहार्य रहेको धारणा व्यक्त गरे ।
नेपालगन्ज उपमहानगरपालिका वडा नं २ का अध्यक्ष मनोज श्रेष्ठले नियमित योगाभ्यासले अनुशासित, सकारात्मक र स्वस्थ नागरिक निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा वक्ताहरूले आधुनिक जीवनशैली, व्यस्तता र तनावका कारण बढ्दै गइरहेका विभिन्न स्वास्थ्य समस्याबाट बच्न योग प्रभावकारी माध्यम भएको बताए ।

कार्यक्रममा पत्रकारितामार्फत योग तथा स्वास्थ्य चेतना फैलाउन योगदान पु¥याएको भन्दै नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईंलाई सम्मान गरिएको थियो ।

समितिकी उपाध्यक्ष लोकमाया सुवेदीका अनुसार हाल योग समिति नेपालका बाँके, बर्दियालगायत विभिन्न जिल्लामा गरी ५८ केन्द्र सञ्चालनमा  छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?