Butwal Today

युवा स्वरोजगार कोषको ६७ करोड कर्जा असुल भएन

३ जेष्ठ २०८३, आइतबार
अ+
अ-

काठमाडौँ ।  युवा तथा साना व्यवसायी स्वरोजगार कोषबाट लगानी गरिएकामध्ये भाखा नाघिएको ऋणबापतको रु  ६७ करोड १९ लाख ६४ हजार असुल गर्नुपर्ने देखिएको छ  ।

महालेखा परीक्षकको ६३औँ वार्षिक प्रतिवेदन, २०८३ ले युवा तथा साना व्यवसायी स्वरोजगार कोष (सहुलियत) नियमावली, २०७७ को नियम १६ मा कर्जा लगानी गर्ने व्यवस्थाअनुसार कोष र ऋणीबिच ऋण सम्झौताको सर्त अनुसार साँवा र ब्याज समयमा नआउँदा हर्जनासमेत गरी सो रकम असुल गर्नुपर्ने देखाएको हो ।

कोष र ऋणीबिच पाँच वर्षे लगानी सम्झौता हुँदा ऋण अवधि ४२ महिना रहने र सम्झौताअनुसार समयमा किस्ता नबुझाउँदा रकमको थप दुई प्रतिशत ब्याज लाग्ने व्यवस्था छ । कोषको २०८२ असार मसान्तसम्म रु दुई अर्ब ३३ करोड ९४ लाख ५६ हजार कर्जाको साँवा बक्यौता देखिएको छ ।

तीमध्ये कोषको अभिलेखअनुसार ४३२ सहकारी संस्थाबाट रु ५७ करोड ९७ लाख १८ हजार साँवा तथा ब्याज रु आठ करोड ४६ लाख ९८ हजार र हर्जाना रु २३ लाख ८२ हजार कर्जा असुल गर्नुपर्ने देखिएको प्रतिवेदनमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?