Butwal Today

आमा बुबाको नाममा अक्षयकोष स्थापना

२ जेष्ठ २०८३, शनिबार
अ+
अ-

बुटवल ।  बुटवल ९ मिलनचोकका रामप्रसाद पाण्डेल बुबा आमाको नाममा अक्षयकोष स्थापना गरेका छन् ।

आर्थिकरुपमा विपन्न तर जेहेन्दार विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्यले अर्घाखाँचीको छत्रदेव ७ काहुले भुस्कातमा रहेको सरस्वती माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्यले शिवकला गुणानीधि जेहेन्दार अक्षयकोष २०८३ स्थापना गरिएको हो ।

१ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोषबाट आउने ब्याजको रकम हरेक बर्ष उक्त विद्यालयको एकजना उत्कृष्ट विद्यार्थीलाई प्रदान गरिनेछ ।

विद्यालयमा आयोजित एक समारोहका बीच अक्षयकोष स्थापना गर्ने रामप्रसाद पाण्डेले उक्त रकम बराबरको चेक विद्यालयका प्रधानाध्यापक ठाकुरप्रसाद पाण्डेलाई हस्तान्तरण गरे ।

त्यस अवसरमा बोल्दै अक्षयकोषका संस्थापक रामप्रसाद पाण्डेले भौगोलिक रुपमा विकट उक्त विद्यालयको बालबालिकालाई थोरै भएपनि प्रोत्साहन गर्ने उद्देश्यले बुबा आमाको नाममा अक्षयकोष स्थापना गरेको बताए ।

उनले आफूले पनि सोही स्कुलमा अध्ययन गरेकोले अहिले जहाँ बसेपनि जन्मस्थान भएको गाउँमा केही भएपनि सामाजिक क्षेत्रमा योगदान गरौं भन्ने उद्देश्यले अक्षयकोष स्थापना गरेको बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायणप्रसाद पाण्डेले पहाडबाट बसाई सराई गर्ने क्रम बढिरहेको बेला गाउँका स्कुलमा विद्यार्थी टिकाउन समस्या परिरहेको अवस्थामा यस प्रकारको अक्षयकोष स्थापनाले विद्यालयलाई पनि हौसला र प्रोत्साहन मिलेको बताए ।

विद्यालयका प्रधानाध्यापक ठाकुरप्रसाद पाण्डेले अक्षयकोष स्थापनाले गरिव तथा जेहेन्दार विद्यार्थीलाई पढाईमा सहयोग पुग्ने बताउँदै यस्तो पवित्रा काम गरेकोमा पाण्डे परिवारलाई धन्यबाट सहित आभार प्रकट गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?