© 2026
काठमाडौँ । वन तथा वातावरण र कृषि तथा पशुपन्छी विकासमन्त्री गीता चौधरीले बाँदरलगायत कृषि हानीकारक वन्यजन्तु व्यवस्थापनका लागि टास्क फोर्स प्राविधिक समिति बनाउने विषयमा छलफल गरेकि छन ।
खेतबारी, बस्ती र वन क्षेत्र वरिपरि बढ्दो बाँदर–मानव द्वन्द्व व्यवस्थापन गर्न कृषि तथा वन मन्त्रालयका अधिकारी र सरोकारवालाबीच सो टास्क फोर्स गठन गर्ने विषयमा आज मन्त्रालयमा छलफल भएको हो । स्थानीय तहले कार्यान्वयन गर्ने, विज्ञ टोली छनोट, बजेट व्यवस्थापनलगायत विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । छलफलमा कृषि सचिव डा.राजेन्द्र मिश्र, सांसद सागर ढकाल, वन मन्त्रालयका सहसचिव लगायतको सहभागिता थियो ।