Butwal Today

सीईओ पाण्डेलाई बाहिरै राखेर अनुसन्धान गर्न माग

३१ बैशाख २०८३, बिहीबार
अ+
अ-

काठमाडौं । नेपाल बैंकर्स संघ सहित चार प्रमुख बैंकिङ छाता संगठनहरूले ज्योति प्रकाश पाण्डे को पक्राउप्रति आपत्ति जनाउँदै बाहिरै राखेर अनुसन्धान गर्न माग गरेका छन्। नेपाल इन्भेष्टमेण्ट मेगा बैंक का प्रमुख कार्यकारी अधिकृत सीईओ पाण्डेलाई नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले सिन्धुलीबाट नियन्त्रणमा लिएको थियो।

घटनापछि नेपाल बैंकर्स संघ, डेभलपमेण्ट बैंकर्स एशोसिएशन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघ ले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै पक्राउ प्रक्रियाले समग्र बैंकिङ क्षेत्रको स्थायित्व र विश्वासमा असर पर्ने बताएका हुन्। संयुक्त विज्ञप्तिमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन बाफिया, २०७३ को दफा ५७ उल्लेख गर्दै कर्जा असुलीका लागि बैंक तथा वित्तीय संस्थालाई विशेष अधिकार दिइएको स्मरण गराइएको छ।

संगठनहरूले कर्जा असुली प्रक्रिया बैंकको नियमित कार्य र प्रमुख कार्यकारी अधिकृतको दायित्वभित्र पर्ने भन्दै अनुसन्धानका नाममा पक्राउ गर्नु उपयुक्त नभएको धारणा राखेका छन्। बैंकिङ क्षेत्रका संगठनहरूले वित्तीय प्रणालीप्रति सर्वसाधारणको विश्वास कायम राख्न संवेदनशील ढंगले अनुसन्धान प्रक्रिया अघि बढाउन समेत सम्बन्धित निकायलाई आग्रह गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?