Butwal Today

सरसफाई सप्ताह अभियानअन्तर्गत बुटवल बसपार्क क्षेत्रमा सरसफाई

२८ बैशाख २०८३, सोमबार
अ+
अ-

बुटवल । नेपाल सरकारले सञ्चालन गरेको सरसफाई सप्ताह अभियानप्रति स्वागत तथा ऐक्यबद्धता जनाउँदै बुटवल बसपार्क क्षेत्रमा विशेष सरसफाई गरिएको छ । रुद्रगण र एमआरआर टिम बुटवलको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा विभिन्न सामाजिक अभियन्ता, युवा तथा स्थानीयवासीहरूको सक्रिय सहभागिता रहेको थियो । कार्यक्रममा बसपार्क क्षेत्र आसपासका सडक, सार्वजनिक स्थल तथा फोहोर जम्ने स्थानहरू सफा गरिएको थियो ।

आयोजकहरूले स्वच्छ र सफा वातावरण निर्माण गर्नु सबै नागरिकको साझा जिम्मेवारी भएको उल्लेख गर्दै यस्ता अभियानले समाजमा सकारात्मक सन्देश फैलाउने बताएका छन् । साथै सरसफाईलाई केवल एकदिने कार्यक्रमका रूपमा नभई दैनिक जीवनशैलीको हिस्सा बनाउनुपर्नेमा जोड दिएका छन् ।सरसफाई कार्यक्रममा सहभागीहरूले वातावरण संरक्षण, सार्वजनिक स्थानको सफाइ तथा समुदायमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको बताएका छन् ।

स्थानीयवासीहरूले युवाहरूको यस्तो सक्रियताले समाजमा सकारात्मक प्रभाव पार्ने भन्दै प्रशंसा गरेका थिए । पछिल्लो समय बुटवलमा विभिन्न सामाजिक तथा वातावरणीय अभियान सञ्चालन हुँदै आएका छन्, जसले समुदायस्तरमा सकारात्मक ऊर्जा थपिरहेको स्थानीयको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?