Butwal Today

कम्युनिस्ट आन्दोलन सखाप पार्ने ठूलो डिजाइन चलिरहेको छ : प्रचण्ड

२८ बैशाख २०८३, सोमबार
अ+
अ-

काठमाडौं । नेकपा संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा कम्युनिस्ट आन्दोलन समाप्त पार्न देशी तथा विदेशी शक्तिहरू सक्रिय रहेको आरोप लगाएका छन्। २६ औं निर्मल लामा स्मृति दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले कम्युनिस्ट आन्दोलनविरुद्ध योजनाबद्ध रूपमा घेराबन्दी भइरहेको दाबी गरे।

उनले भने, “कम्युनिस्ट आन्दोलनलाई नेपालबाट सखाप पार्न देशी विदेशी प्रतिक्रियावादीहरू ठूलो डिजाइनसहित लागिपरेका छन्।” प्रचण्डले अहिलेको चुनौतीलाई गम्भीर रूपमा नलिए श्रमजीवी जनतामाथि ठूलो घात हुने चेतावनी पनि दिए। उनले कम्युनिस्ट पार्टीहरूले आत्मसमीक्षा गर्दै एकताबद्ध भएर नयाँ ढंगले अघि बढ्नुपर्ने बताए।

“पहिला आफैँभित्र समीक्षा गरेर सच्याउनुपर्छ, त्यसपछि सम्पूर्ण कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गरेर नयाँ ढंगले अगाडि बढ्नुको विकल्प छैन,” उनले भने।पछिल्लो राजनीतिक उतारचढाव, चुनावी परिणाम र कम्युनिस्ट शक्तिहरू कमजोर बन्दै गएको बहसबीच प्रचण्डको यो अभिव्यक्तिलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?