Butwal Today

एक बालक २ दिनदेखि बेपत्ता, खोजी कार्य जारी

२८ बैशाख २०८३, सोमबार
अ+
अ-

सिरहा ।  यहाँको बरियारपट्टी गाउँपालिका–४ सोहपुरस्थित मामाघरमा बस्दै आएका तीन वर्षीय बालक अभियांशुकुमार यादव दुई दिनदेखि बेपत्ता भएका छन् । गत शनिबार दिउँसोदेखि सम्पर्कविहीन भएका बालकको अवस्था हालसम्म अज्ञात छ ।

लक्ष्मीपुर पतारी गाउँपालिका–१ नवटोली घर भएका भोगेन्द्र यादवका छोरा अभियांशु मामाघरमा रहेकै बेला शनिबार बिहान करिब २ बजेदेखि बेपत्ता भएका थिए । घरबाट करिब ५० मिटर उत्तरतर्फ रहेको पोखरीमा बालक डुबेको हुनसक्ने आशङ्कामा सशस्त्र प्रहरीको बर्दिवासस्थित बाहिनीबाट गोताखोर टोली परिचालन गरिएको प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी बल सिरहाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक सुमनजङ्ग थापाले  गोताखोर टोलीले पोखरीको गहिराइसम्म पुगेर खोजी गरिरहेको बताए । उनले भने, “बर्दिबासबाट आएको गोताखोरसहितको विशेष टोलीले पोखरीमा खोजी जारी राखेको छ । हालसम्म बालकको कुनै सुराक फेला परेको छैन ।”

बरियारपट्टी गाउँपालिका–४ का वडाध्यक्ष नवीन यादवले सुरुमा स्थानीय स्तरबाटै खोजी गरिए पनि पत्ता नलागेपछि हाल सशस्त्र प्रहरीको टोली परिचालन गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?