Butwal Today

विमानस्थल अध्यागमन घुस प्रकरणमा रमेश लेखक र गृहसचिवमाथि मुद्दा नचल्ने

२७ बैशाख २०८३, आइतबार
अ+
अ-

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन घुस प्रकरणमा नाम जोडिएका तत्कालीन गृहमन्त्री रमेश लेखक, गृहसचिव गोकर्णमणि दुवाडी लगायत उच्चपदस्थ अधिकारीहरूमाथि अब कुनै मुद्दा नचल्ने भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विस्तृत अनुसन्धानपछि उनीहरूमाथि “कुनै पनि ठोस प्रमाण नभेटिएको” निष्कर्ष निकाल्दै फाइल बन्द गरेको हो।

अख्तियार स्रोतका अनुसार अनुसन्धानका क्रममा तत्कालीन अध्यागमन प्रमुख तिर्थराज भट्टराई माथि मात्र प्रमाणित आरोप भेटिएको र उनीविरुद्ध मात्रै मुद्दा अघि बढाइएको हो। त्यसबाहेक माथिल्लो तहका अधिकारीहरू— गृहमन्त्रीदेखि सचिवसम्म— माथि कुनै गैरकानुनी लाभ लिएको प्रमाण नदेखिएको बताइएको छ। भिजिट भिसा प्रकरण ७ जेठ २०८२ मा सहसचिव तिर्थराज भट्टराई पक्राउ परेपछि सार्वजनिक भएको थियो। त्यसपछि तत्कालीन गृहमन्त्री लेखक, गृहसचिव दुवाडी, सहसचिव छविराज रिजाल लगायतका नाम पनि मुछिएका थिए, जसले राजनीतिक र प्रशासनिक वृत्तमा ठूलो तरंग ल्याएको थियो।

तर अख्तियारको पछिल्लो निष्कर्षले उक्त उच्चस्तरीय संलग्नता आरोपलाई अस्वीकार गर्दै अनुसन्धान अन्त्य गरेको छ। स्रोतका अनुसार अनुसन्धान क्रममा डायरी, कल डिटेल र विभिन्न डिजिटल प्रमाणहरूको विश्लेषण भए पनि गृहमन्त्री वा सचिव तहमा कुनै घूस लेनदेन भएको पुष्टि गर्ने प्रमाण फेला नपरेको हो। लामो समयदेखि चर्चामा रहेको विमानस्थल अध्यागमन घुस प्रकरण अब सीमित कर्मचारी तहमा मात्र केन्द्रित हुने भएको छ भने उच्चपदस्थ अधिकारीहरू कानुनी दायराबाट बाहिरिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?